दफा
प्रदेश विषयगत सहकारी सङ्घको गठन
: सहकारी व्यवसायको विकास, प्रवर्द्धन तथा बजारीकरण लगायतका कार्यमा टेवा पुर्‍याउन दफा १५ बमोजिम दर्ता भएका कम्तीमा पाँच वटा जिल्लाका पच्चीस वटा विषयगत सहकारी संस्थाहरू वा विषयगत जिल्ला सहकारी सङ्घहरू मिली आफ्नो विषयको प्रदेश विषयगत सहकारी सङ्घ गठन गर्न सक्नेछन् ।
तर यसरी सङ्घ गठन गर्दा दर्ता भएका प्रदेशभरि पचास प्रतिशतभन्दा बढी जिल्ला विषयगत सहकारी सङ्घहरू समावेश गरिएको हुनु पर्नेछ ।